NP EN

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौंः प्रधानमन्त्री

१५ साउन (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तराई मधेसमा यस वर्ष सुख्खा लागेकाले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउँदै सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी दिनुभयो ।

विभागका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक सस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, अन्य पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरूका साथै विभिन्न विधाका लेखक, साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो । 
नेकपा (एमाले)ले विगत केही बर्षयता साउन १५ गते स्रष्टा भेटघाट र खीर खाने कार्यक्रम आयोजना गर्दै आएको छ ।  


सम्बन्धित